MENU

खेल

ujyaalo forign call inside

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

भावुक योगी/उज्यालो ।

बर्दिया, पुस २७ –राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुवैतर्फको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो ।

बिहीबार सम्पन्न पुरुषतर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बीच भएको थियो । फाइनलमा आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधि हात पारेको हो । पुरुषतर्फको प्रतियोगितामा पश्चिमाञ्चलले दोस्रो स्थान हात पारेको छ ।

 

त्यस्तै महिलातर्फको कबड्डी च्याम्पियनसिपको उपाधि पनि त्रिभुवन आर्मीले हात पारेको छ । महिलातर्फको फाइनल खेलमा त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चल भिडेका थिए । 

सुदूरपश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंक ल्याएर त्रिभुवन आर्मी क्लबले महिलातर्फको च्याम्पियनसिप उपाधि हात पारेको हो । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीता बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँको सिंहवाहिनी खेल मैदानमा भएको थियो । 

खेलमा उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ पनि नेपाली सेनाकै नागेश्वर थारुले हात पारेका छन् । उनीहरु दुवैले नगद १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

 

लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुषतर्फ २ वटा विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी ७ टिम र महिलातर्फ ३ वटा विभागीय टोलीसहित ५ विकास क्षेत्रका गरी ८ टिमको सहभागीता रहेको थियो ।

पुस २४ गतेदेखि सुरु भएको अखिल नेपाल कबड्डी संघले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी ५/५ टिम, आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३÷३ वटा विभागीय टिम गरी ८/८ वटा टिम सहभागी रहेका थिए ।

गएको सोमबारदेखि सञ्चालित राष्ट्रिय कबड्डी प्रतियोगीता पुरुषतर्फ २२ औँ र महिलातर्फ १७ औँ संस्करण हो । 
      

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया