MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

नेस्लेले मिल्की बार र किटक्याटका लागि बेच्यो यो चकलेट

पुस २७ –अष्ट्रेलियाको सबैभन्दा लोकप्रिय चकलेटमध्ये एक हो भायोलेट क्रम्बल । 

अब यो चकलेट अष्ट्रेलियामै बन्ने भएको छ । क्याडबरीको लोकप्रिय चकलेट क्रन्चीसँग मिल्दोजुल्दो भायोलेट क्रम्बल अहिलेसम्म स्विटजरल्याण्डको नेस्ले कम्पनीले बनाउँदै आएको थियो । तर अब नेस्लेले यो चकलेट अष्ट्रेलियाको एउटा कम्पनीलाई बेचिदिएको छ । 

तर अष्ट्रेलियन चकलेट कम्पनी एडिलेडका मालिक रोबर्न मेन्जले यसका लागि कति पैसा दिए भन्ने भने खुलेको छैन । भायोलेट क्रम्बलको बीचमा क्रन्चीमा जस्तै क्यारामेल भरिएको छ । क्रन्ची सन् १९२९ बाट बजारमा आएको थियो भने क्रम्बल सन् १९१३ मा आएको थियो । 

नेस्ले अष्ट्रेलियाका अनुसार उसले किटक्याट र मिल्की बारमा विशेष ध्यान दिन भायोलेट क्रम्बल अर्कै कम्पनीलाई बेचेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया