MENU

बातावरण-कृषि

ujyaalo forign call inside

एकै दिन २६ बाख्रा मरे, तीन लाखको नोक्सान

इलाम , पुस २७ –इलामको माइजोगमाई गाउँपालिका –५, सोयाङ्गमा मंगलबार एकै पटक २६ बाख्रा मरेका छन् । 

नवदित बहुउद्देश्यीय  कृषि तथा पशुपालन समूहका ६ वटा माउ बाख्रा, १३ वटा खसी र अन्य पाठापाठीसहित २६ वटा बाख्रा मरेको समूहका उपाध्यक्ष बुद्ध तामाङ्गले बताउनुभयो ।   उहाँका अनुसार दानापानी तथा घाँस दिँदा सबै राम्रै थिए । पछि हेर्न जाँदा खोरमा बाख्राहरु मरेको पाइएको तामाङले बताउनुभयो । 

पशु स्वास्थ्यकर्मी बेद चापागाईँले दानापानी तथा घाँसमा विषादी मिसिएर बाख्रा मरेको हुनसक्ने बताउनु भयो । 

मरेका बाख्राको चिरफार गरेर हेर्दा कलेजो ड्यामेज भएको, आन्द्रामा असर देखिएको बताइएको छ । पेट ढाडिने, कराउने लक्षण देखाउनसाथ बाख्रा मरेको जनाइएको छ । 

सात महिना अघिमात्र खोलेको बाख्रा फर्म पाँच लाख रुपैंयाँको लागतमा खोलिएको थियो ।  फर्ममा ३२ वटा बाख्रा थिए । २६ बाख्रा एकैसाथ मरेपछि समूह अनि फर्म सञ्चालक चिन्तित बनेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया