MENU

समाज

Ncell Axiata

​पत्रकार उमा सिंहको स्मृति अनाथ आश्रममा मनाइयो

धनुषा, पुस २७ –पत्रकार उमा सिंहको नवौं स्मृति दिवस बुधबार जनकपुरको अनाथ बाल आश्रममा मनाइएको छ । 

क्रियाशील पत्रकार महिला समूहले जनकपुरको ज्ञानकुपस्थित रहेको कविर अनाथ बाल आश्रममा फलफूल तथा पाठ्य सामग्री वितरण गरी स्मृति दिवस मनाएको हो ।  
 
समूहकी अध्यक्ष रिंकु मिश्र गायत्रीको अध्यक्षता तथा नेपाल प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवको प्रमुख आतिथ्यतामा भएको त्यस कार्यक्रममा  सहभागी पत्रकारहरुले उमा सिंहको फोटोमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा बोल्दै पत्रकारहरुले उमा सिंह जस्तै उनको पथमा  सशक्त भएर अघि बढ्नु पर्ने जोड दिएका छन् । सहभागी पत्रकारहरुले उमा सिंहको हत्यामा संलग्न अझै केही दोषीहरु कानुनी दायरमा आउन नसकेकाले त्यसप्रति गम्भीर हुनु पर्ने धारणा राखेका छन् ।

समूहले आश्रममा रहेको १० जना बालबालिकाका लागि उक्त अवसरमा फलफूल, लत्ताकपडा तथा पाठ्य सामग्री आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गरेका छन् ।

पहिलो पटक उमा सिंहको स्मृति पृथक शैलीमा मनाएको समूहकी अध्यक्ष गायत्रीले जानकारी बताउनुभयो । अन्य कार्यक्रम गरेर खर्च खेर फाल्नुभन्दा बालबालिकाको लागि केही गरौँ भनेर कार्यक्रम आयोजन गरेको अध्यक्ष गायत्रीको भनाई छ ।    

कार्यक्रममा अग्रज पत्रकार अजय झा, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा लगायतले आ आफ्ना धारणा राख्नुभएको छ ।  

२०६५ पुस २७ गते राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहीले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया