MENU

समाज

​पाटन घुम्न आउने पर्यटक बढे

काठमाडौं, पुस २८ – ललितपुरको पाटन संग्रहालयले यस आर्थिक वर्षको पाँच महिनामै पाँच करोड ८२ लाख ६५ हजार ७ सय ५० रुपैयाँ पर्यटन शुल्क संकलन गरेको छ ।

गत वर्षको तुलनामा पर्यटक बढेपछि शुल्क असुलीमा बृद्धि भएको हो । गत वर्ष यस अवधिमा तीन करोड ३० लाख ५३ हजार ९ सय ४० रुपैयाँ संकलन भएकोे थियो ।

गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यसवर्ष एक दशमलव पाँच प्रतिशतले पर्यटक बढेको संग्रहालयले जनाएको छ । संग्रहालय र नगरपालिका बीच एकद्वार प्रणाली लागू भएपछि स्मारक क्षेत्र र संग्रहालय गरेर दुवैतर्फ आउने पर्यटकको संख्या बढेको संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनभयो ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा एक लाख ७ सय ७९ पर्यटकले संग्रहालयको भ्रमण गरेका उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ९ सय ६ जना पर्यटक संग्रहालय आएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया