MENU

समाज

ujyaalo forign call inside

रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि १९ सयभन्दा बढी जनशक्ति तयार

रसुवा, पुष २८ – रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि १९ सयभन्दा बढी जनशक्ति तयार भएको छ । 

३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएपछि अहिले निर्माण हुने घर भूकम्प प्रतिरोधी बनाउनका लागि दक्ष जनशक्ति तयार पारिएको हो ।  

पुनर्निर्माणसँगसँगै विभिन्न सरकारी तथा गैरसरकारी संस्था मार्फत सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाका १ हजार ९ सय ४२ जनाले तालिम लिएका छन् । 

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय रसुवाले दिएको जानकारी अनुसार  जिल्लामा सञ्चालन गरिएको कालिगढ अर्थात डकर्मी तालिममा १९ सय ४२ जना सहभागि भएका छन् । 

भूकम्पले भत्किएको घर एकैसाथ निर्माण गर्दा दक्ष जनशक्तिको अभाव हुँदै जाँदा कार्यालयले जिल्लाको विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो । 

कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ४ सय ३१ जनाले ५० दिने डकर्मी तालिम र १५ सय ११ जनाले ७ दिने डकर्मी तालिम लिएका हुन् । 

५० दिने डकर्मी तालिम लिनेमा गोसाइँकुण्ड गाउँपालिकामा १०, कालिका गाउँपालिकामा १ सय २४, नौकुण्ड गाउँपालिकामा ४०, आमा छोदिङ्मो गाउँपालिकामा १ सय १० र उत्तरगया गाउँपालिकामा १ सय ४७ जना रहेका छन् ।

त्यसैगरी ७ दिने तालिम लिनेमा गोसाइँकुण्डमा १ सय ३६, कालिकामा २ सय ५८, नौकुण्डमा २ सय ७२, आमा छोदिङ्मोमा २ सय २५ र उत्तरगयामा ६ सय २० जना सहभागि रहेका थिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया