MENU

राजनीति

ujyaalo forign call inside

मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुखको टुंगो लाग्ला ?

काठमाडौं, पुस २८ – मन्त्रिपरिषदको बैठक बस्दैछ । आजको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने सम्भावना रहेपनि टुंगो भने लागि नसकेको मन्त्रीहरुले जानकारी दिएका छन् ।

प्रदेशको अस्थायी राजधानी तोक्ने नतोक्ने विषयमा भने अझै अन्योल नै छ । प्रधानमन्त्री देउवाले यसबारे प्रस्ताव ल्याउन पनि सक्ने र नल्याउन पनि सक्ने एक मन्त्रीले उज्यालोलाई जानकारी दिएका छन् । 

ती मन्त्रीका अनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने नतोक्ने विषयमा प्रधानमन्त्री शेरवहादुर देउवा नै अन्योलमा हुनुहुन्छ । अहिले अस्थायी राजधानी तोक्दा अरु ठाउँमा आन्दोलन चर्किने र त्यसले राष्ट्रिय सभाको चुनाव गराउन समस्या पर्नसक्ने भन्दै सरकारले प्रदेश प्रमुख मात्र तोकेर अस्थायी राजधानी नतोकी सांसदलाई काठमाडौमा सपथ गराउने तयारी गरेको थियो ।

तर काठमाडौमा सपथ गराउँदा संघीयताको मर्म विपरित हुने भन्दै आलोचना भएपछि प्रधानमन्त्री पनि अन्योलमा पर्नुभएको हो । आजको मन्त्रिपरिषद बैठकले कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धि प्याकेज पारित गर्ने सम्भावना पनि रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया