MENU

राजनीति

माओवादीका मन्त्रीहरुले आज सरकार छाड्ने

काठमाडौं, पुस २८ – माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकारबाट फिर्ता हुँदैछन् । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा गरेका थिएनन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया