MENU

समाज

Ncell Axiata

लमजुङमा बाँदरको आतंक

श्यामशितल परियार/उज्यालो । 

लमजुङ, पुस २८ – लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटका किसानलाई बाँदरले हैरानी बनाएको छ । बाँदरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् ।

स्थानीयका अनुसार बाँदरले घरभित्रै पसेर अन्नका साथमा खानेकुरा समेत खाने गरेको छ । ‘हुलका हुल बाँदर गाउँ पसेका छन्, अन्नबाली सखाप पारेका छन्,’ स्थानीय रामप्रसाद पौडेलले गुनासो पोख्नुभयो, ‘बाँदरले घरभित्र समेत पसेर पकाएको खाना खाईदिने, बालबच्चा तथा वृद्धवृद्धालाई झम्टने गरेको छ ।’

गाउँमा दिनप्रतिदिन बाँदरले सताउन थालेपछि रोकथामका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग  गरेका छन । पछिल्लो समय गाउँमा बस्ती पातलिदै गएपछि बाँदरले घरमै छिरेर सताउन थालेको स्थानीयले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया