MENU

विचार/अनुभूति

ujyaalo forign call inside

छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

इन्द्रसरा खड्का/उज्यालो ।

छाउ भएपछि छाउपडी गोठमा बस्नुपर्छ । कसैलाइ छुन हुँदैन, गाई गोरु, भैंसी नजिकै आउनु पनि हुँदैन । अलग्गै बस्नुपर्छ । धारासमेत छुन हुँदैन यो समाजमा हुर्केकी म । अहिले पनि मेरो समाजमा यस्तो चलन कायमै छ । त्यसैले त अछाममा छाउपडी गोठमा महिलाको मृत्यु भन्ने समाचार सधैँ सुन्नुपर्छ ।

अहिले कतिपय ठाउँमा छाउ हुँदा घरभित्रै सुरक्षित तरिकाले बस्न थालेका छन् । तर कतिपय ठाउँमा भने अझै उस्तै चलन कायम छ । छाउपडी भनेपछि सुदूरपश्चिमको अछाममा सबैको ध्यान जान्छ । त्यहीँ घर भएकी म कसरी छाउ भएको बेला घरभित्रै सुरक्षित तरिकाले बस्न सक्थेँ र । यस्तो समाजमा हुर्केकी म यो चलनबाट म पनि अछुतो छैन ।

पुस महिना थियो । घरमाथिका डाँडाकाडाँ सबै हिउँले सेतैसेतो बनेका थिए । घरबाट बाहिर निस्कन कठ्याग्रिंदो चिसो थियो ।  २०६४ सालमा ९ कक्षामा अध्यनरत हुँदा नै मेरो महिनावारी सुरु भयो । मेरो घर नजिकै रहेको छाउपडी गोठ भत्काइएको थियो । म छाउ भएँ भनेर घरमा आमालाई भनेँ । गाउँमा कस्तो चलन पहिलो पटक महिनावारी हुँदा दाजुभाइ बुवाहरुलाई देख्न नहुने, तिनीहरुको लाज मान्नुपर्ने हुन्थ्यो तर मैले सीधै गएर आमा बुवासँगै भएको बेला आमा म छाउ भएँ भने । आमाले अच्चम्म मान्दै भन्नुभयो । हैन बुवा नजिकै भएको बेला छाउ भए भन्न लाज लाग्दैन ? उल्टै लजाएर आमाले मलाई भन्नुभयो ।

वास्तवमा भन्नुपर्दा मलाई यस्तो कुरामा लाज नै लाग्दैन । यो त प्राकृतिक नियम नै हो । छोरी भएर जन्मिसकेपछि महिनावारी हुन्छन् नै । तर गाउँमा छाउ हुँदा लाज मान्नुपर्ने कसैको सामु नदेखेर लुक्नुपर्ने त्यस्तै चलन थियो र आमाले मलाई पनि भन्नुभयो । म छाउ भएपछि आमाले चिन्ता मान्दै  भन्नुभयो, ‘नजिकै गोठ छैन कि त सेरा जान पर्‍यो कि त उ पारीको गाउँको छाउपडी गोठ जानुपर्‍याे ।’ 

गाउँ नजिकै गोठ नहुँदा घरभन्दा टाढा १० मिनेटको बाटो हिँडेर छाउपडी गोठमा बस्न जानुपर्ने भयो । एकान्तमा त्यो चिसो गोठमा कसरी बस्ने मलाइ डर लाग्यो । म एक्लै बस्न सकिनँ । मेरो सानो बहिनीलाइ पनि साथमा लगेँ । एकसरो लुगा ओड्ने, ओछ्याउने, पातलो १ जोरमात्र थियो । हिउँ परेर अति नै चिसो छाउपडी गोठमा बस्न निकै गाह्रो भयो । हामी दुवैजना रातभरी लुगलुग काम्दै जसोतसो रात काट्यौँ ।

पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । त्यतिखेर हाम्रो गाउँमा खुल्ला दिशा मुक्त अभियान चलेको थियो । 

एक घर एक चर्पी अभियान सुरु हुँदा शौचालय भर्खरै बनाइएको थियो । प्रयोगमा आएको थिएन । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

अघिल्लो दिनको भन्दा निकै न्यानो भयो । त्यसपछि मलाई छाउपडी गोठ भन्दा शौचालय प्यारो लाग्यो ।  ४ महिनाको ६ दिन छाउ भएको बेला सधैँ शौचालयमा बसेर नै रात काट्न पर्‍यो । त्यसपछि शौचालय प्रयोगमा आएपछि फेरि समस्या भयो । अब छाउ भए कहाँ जाने कसरी बस्ने ? यस्तै चिन्ता मनमा लागिरन्थ्यो । कहिलेकाहीँ लाग्थ्यो अब त छाउ भएपनि कसैलाई खबर नगरेर घरमै बस्छु तर मनले मान्दैन ।

छाउ भएपछि अलग गइहाल्थेँ यसरी नै २ बर्ष काटेँ । छाउपडी गोठमा कहिले एक्लै रातभरी बस्थेँ । कहिलेकाहीँ गाउँका अन्य छाउ भएका महिलाहरुसँगै एउटै गोठमा बस्थ्यौँ । महिनामा ६ दिन बिताउन सधैँ सकस पथ्र्यो । हिउँदको चिसो र वर्षाको झरीमा कहिले चिसोले काम्दै त कहिले पानीले भिज्दै रातहरु बिताएको सम्झँदा अहिले आफैँलाइ डर लाग्छ । त्यो बाध्यता थियो । साँघुरो गोठ आगो नबाले चिसोले बस्नै नमिल्ने । आगो बाले धुँवाले सास फेर्नै नपाउने । यस्ता दिनहरु सम्झँदा अहिले निकै डर लाग्छ । 

हुन त छाउ प्रथा सबै ठाउँमा छ तर स्वरुप फरक छ । तराइ, पहाड, हिमाल जता पनि महिलाले छाउभएपछि अलग बस्ने गर्छन् । तर सुदूरपश्चिममा छाउ भए अलग टाढा गोठमा बस्नुपर्छ । पानी तिर्खा लागे पनि अरुलाइ बोलाईबोलाई माग्नुपर्छ । शौचालय प्रयोग गर्न पाइँदैन । भोक लागेको बेला खान मिल्दैन ।

छाउपडीको नाममा करोडौँ रुपैयाँ लगानी भइरहेको छ तर यो छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन । आखिर किन ? यो बारे कसैको ध्यान गएको छैन । करोडाँै रकम छाउपडीको क्षेत्रमा लगानी गरे पनि परिणाम भने बालुवामा पानी खन्याए जस्तै देखिन्छ ।

छाउपडी प्रथाको अन्त्य गर्नका लागि गाउँ घरमा गएर महिनावारी भएपछि घरभित्रै बस्नुहोस भनेर सुझाव दिएरमात्रै यो प्रथा अन्त्य हुन सक्दैन । यसका लागि छाउपडी गोठमा बस्नुको खास कारण के हो ? भनेर पत्ता लगाउनु आवश्यक छ । समाजमा बुझ्ने मानिसहरुले पनि अहिले छाउपडी प्रथालाई निरन्तरता दिइरहेका छन् । 

छाउगोठमुक्त भन्दै जिल्लाका सरोकारवालाहरुलाई भेला गराएर देखावटी रुपमा कार्यक्रमहरु भइरहेका छन् । तर पनि छाउगोठमा बस्नेहरु धेरै छन् । यसको मुख्य कारण हो गरिवी ।  छाउपडीको नाममा आएको रकम छाउपडीकै क्षेत्रमा काम गर्नेहरुले दुरुपयोग गर्दा छाउपडी अन्त्य गराउने कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

अछामकै कुरा गर्दा यहाँका धेरै गाउँपालिकाहरु छाउपडी गोठमुक्त घोषणा भएका छन् । यसरी छाउ मुक्त भने पनि यही ठाउँका महिलाहरुको छाउ गोठमै ज्यान गएको खबरहरु आइरहन्छन् ।  यसले प्रस्ट पार्छ यो सबै कुरा महिलाको लागि काम गरेको हो भने उनीहरुको क्षेत्रमा छुट्याएको रकम उनीहरुकै क्षेत्रमा खर्च गर्ने हो भने पक्कै पनि यो चलनको अन्त्य हुने थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया