MENU

समाज

Ncell Axiata

तामाङ समाज कतारले ल्होछार मनाउने

पुस २८ – नेपाल प्रवासी तामाङ समाज कतारले मञ्जुश्री सम्वत २८५४ सोनाम ल्होछर खी ल्हो (नकीे) वर्ग  मनाउने भएको छ ।

नेपालबाट कलाकार बोलाएर कार्यक्रम भव्यताका साथ गर्ने तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङले जानकारी दिनुभयो । संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो कला संस्कृति रक्षा गर्नु दायित्व भएको बताउदै कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कलाकारहरु गायक बिजय लामा, मोडेल र नायिका डोल्मा मनङथेन, सेलो गायक प्रयास दोङ, मोडेल तथा नायिका रुपा एस घले, म्हेंदोमाया गायक जयवीर तामाङका साथै रोजगारीमा कतारमा रहेका कलाकारहरुको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

कतारमा सन् २००५ मा स्थापना भएको समाजले ‘तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुद्धृढिकरण’ भन्ने मूल नाराका साथ काम गर्दै आइरहेको छ ।कार्यक्रम आउँदो माघ ५ गते कतारको अलदाना रिसोर्टमा उम सलालमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया