MENU

राजनीति

ujyaalo forign call inside

३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २८ – सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यतिबेला भूमिगत नेकपा मालेको गतिबिधि नियन्त्रण गर्न भन्दै सरकारले १६ जनाको गोली हानी हत्या गरेको थियो ।

यस्तै मन्त्रिपरिषद बैठकले आर्थिक गणनाको आद्यावधिक ०७५ साल वैशाखदेखि गर्ने निर्णय गरको छ । बैठकले नेपाल स्टक एक्सचेन्जको ८ अर्ब ऋण स्वीकृत, न्याय सेवाको विशिष्ट सेवामा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त गर्ने र २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीले जानकारी दिनुभयो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया