MENU

राजनीति

ujyaalo forign call inside

सरकार छोड्दै माओवादीले भन्यो : प्रधानमन्त्रीज्यू छिटो सत्ता छाड्नुहोस्

काठमाडौं, पुस २८ – विना वीभागिय भएको ६८ दिनपछि आज माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर माओवादीका नेता तथा विना वीभागिय मन्त्री गिरीराजमणी पोख्रेलले सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ । माओवादी केन्द्रको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका नेता कृष्णबहादुर महरा गृहजिल्ला दाङ भएका कारण पत्र नेता गिरीराजमणी पोखरेलले प्रधानमन्त्रीलाई बुझाउनु भएको हो ।

माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ । सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिएनन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया