MENU

समाज

नेपाल अध्यक्ष रहेको कोलम्बो प्रोसेसका सदस्य देशहरु मानव तस्करविरुद्ध लड्ने

उमाकान्त पाण्डे/उज्यालो । 

ओमान, पुस २८ – रोजगारीका लागि विदेशमा भएका कामदारको विषयमा कोलम्बो प्रोसेसका सदस्य मुलुकहरूले चासो राखेका छन् । 

आफ्ना कामदारका पक्षमा लबिङ गर्न बनेको कोलम्बो प्रोसेसका सदस्य मुलुकहरू मानव तस्करको चंगुल तोड्नका लागि आपसी सहकार्यमा अग्रसर देखिएका हुन् । वैदेशिक रोजगारीका नाममा भइरहेका मानव तस्करको चंगुल तोड्न सहकार्य हुन आवश्यक भएको उनीहरुको भनाइ छ । 

कोलम्बो प्रोसेसमा नेपाल, बंगलादेश, भारत, चीन, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, अफगानिस्तान, कम्बोडिया र पाकिस्तान सदस्य छन् । नेपालले अहिले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । 

कोलम्बो प्रोसेसमा धेरैजसो कामदार पठाउने देशहरु छन् । आबुधाबी डायलग अन्तर्गत कामदार ल्याउने देशहरु र कामदार पठाउने दुवै समुह पर्छन् । आबुधाबी डायलग अन्तर्गत श्रीलङ्का, नेपाल, अफगानिस्तान, पाकिस्तान, बहराइन, साउदी छन् । 

त्यस्तै थाइल्याण्ड, मलेसिया, बंगालादेश, चीन, भारत, इन्डोनेशिया, फिलिपिन्स, भियतनाम, कुवेत, कतार, ओमान र युएई छन् । 

कोलम्बो प्रोसेसको अध्यक्ष नेपालले अाेमानमा आयोजना गरेको सम्मेलनमा सदस्य मुलुकका प्रतिनिधिको सहभागित रहेको थियो । रोजगारी सँगै कामदारको सामाजिक सुरक्षा, बीमा, सेवा सुविधा र पारिश्रमिक लगायत विषयमा चासो राख्दै कतार, साउदी, युएई, बहराइन र ओमनमा रहेका नेपाली दूतावासलाई यस सम्बन्धी काम गर्न मन्त्रालयले प्रोत्साहन गरिरहेको छ ।

नेपालले जेनेभामा रहेको राष्ट्र संघीय नेपाली मिसन मार्फत प्रोसेस अगाडि बढाएको हो । सम्बन्धित मुलुकमा रहेका आफ्ना दूतावासलाई समेत नेपालले सक्रिय पार्न खोजिरहेको छ । जेनेभास्थित नियोगले पनि कोलम्बो प्रोसेसका विभिन्न बैठकमा सहभागिता जनाइरहेको छ । 

कामदार हितका लागि आफ्ना कामदार रहेका मुलुकमा दूतावासहरूले सहकार्य गरेर अघि बढ्न जोड दिइरहेका छन् । सदस्य मुलुकसँग सहकार्य गर्दै समान धारणा बनाउने प्रयासमा लाग्न परराष्ट्रले दूतावासहरुलाई भनिसकेको छ । 

सोही क्रममा ओमानस्थित नेपाली दूतावासले कोलम्बो प्रोसेस र आबुधाबी डाइलगका ओमानस्थित राजदूतहरूलाई एक स्थानमा राखेर समस्या र यसको समाधानबारे अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा ओमानमा श्रम तथा कानुन मन्त्रालय, विदेश मन्त्रालय तथा यससम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय निकायसमेत सहभागी रहेको दूतावासले जनाएको छ । ओमानको मस्कटमा भएको यस प्रकारको कार्यक्रमले नेपालको ओमानमा भएका कामदार मात्र होइन, त्यस क्षेत्रमा रहेका कामदारको हितबारे समेत बहस सुरु भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताउनुभयो । 

ओमानको विदेश मन्त्रालयकी अधिकारी अइशा सहर वाहिद अल–खरुसीले आफूहरु पनि यसमा सचेत रहेको बताएको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खरुसीले मानव तस्करको चंगुल तोड्ने प्रयासमा सहकार्य गर्न ओमान तयार रहेको बताउदै आफूहरुले यसका लागि कामहरु गरिरहेको बताउनुभयो । 

ओमानी श्रममन्त्रीका प्रमुख सल्लाहकार मोहमम्द विन अहमद अल–रावहीले रोजगारीमा पठाउने मुलुक र रोजगारी दिने मुलुकबीचको सम्झौता र सहकार्यमा धेरै विषय हुने बताउनु भयो । कामदारका अधिकार र हितका विषयमा ओमान सचेत रहेको बताउनुभयो । 

तस्बिर : नेपाली दूतावास मस्कट, ओमान । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया