MENU

अन्तर्वार्ता

Ncell Axiata

‘अब नेपालले ढुक्कका साथ इन्टरनेट प्रयोग गर्न सक्ने भयो’

काठमाडौं, पुस २८ – स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा नेपाल चीनसँग जोडिएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको हो ।

भारतसँग मात्र जोडिएको नेपालको इन्टरनेट संजाल अब चीनसँग पनि जोडिएपछि इन्टरनेटमा एक देशसँगको मात्रै निर्भरता हटेको छ । यसबारे नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यसँग लक्ष्मण शर्माले कुराकानी गर्नुभएको छ । 

भारतसँग मात्र जोडिएको नेपालको इन्टरनेट सञ्जाल अब चीनसँग पनि जोडिएको छ, यसले नेपाललाई कस्तो फाइदा पुग्छ ?

चीनसँग इन्टरनेट सञ्जाल जोडिएपछि नेपालको वैकल्पिक मार्ग खुलेको छ । अब नेपालले ढुक्कका साथ इन्टरनेट प्रयोग गर्न सक्ने भयो । केही कारणबाट एउटा देशको इन्टरनेट सञ्जालमा समस्या आयो भने पनि अर्को बाटो खुल्ला हुने भयो । दुवै देशसँगको सञ्जालमा जोडिएपछि नेपाल सहज रुपमा इन्टरनेटको विश्व बजारमा पुग्न पुग्न सक्ने भएको छ ।

चीन र भारतबाट आएको इन्टरनेटलाई नेपालले कसरी प्रयोग गर्दछ ? 

दुवै देशसँग कनेक्सन समान रुपमा चल्छ । यो एउटा इन्टरनेट बाटोको सञ्जाल हो । यसले इन्टरनेटलाई तीव्र रुपमा चलाउनको लागि ठूलो सहयोग गर्दछ  । हामीले समान रुपमा यसको प्रयोग गर्दछौं । 

नेपालको परिवेशमा कतिपय विकट भेगमा अझै पनि इन्टरनेट सञ्जालको पहुँच पुग्न सकेको छैन, यस्तो अवस्थामा चीनबाट ल्याइएको इन्टरनेट सञ्जालले नेपालका त्यस्ता विकट भेगलाई जोडनको लागि कस्तो भूमिका निर्वाह गर्दछ ?

विकट ठाउँसम्म इन्टरनेटको पहुँच पुर्याउनको लागि नेपालको राष्ट्रियस्तरबाटै काम हुने हो । सबै नेपाललाई इन्टरनेटमा जोड्नको लागि सरकारी तवरबाट नै कार्यक्रम बनाएर  काम भैरहेको छ ।  तर पछिल्लो समय इन्टरनेटको प्रयोगकर्ताहरु बढदैछन् । चीनसँग जोडिएको यो सञ्जालले नेपालको माग अनुसारको इन्टरनेट वितरणमा सहजता भने ल्याउँछ । 

पछिल्लो समय नेपालमा इन्टरनेटको प्रयोग ब्यापक बढदै गएको छ,  दुई देशसँग जोडिएको इन्टरनेट सञ्जालबाट नेपालमा इन्टरनेटको शुल्क र गुणस्तरमा के फरक पर्छ ?

वास्तवमा यो मार्ग हो । दुई देशसँगको सञ्जालमा जोडिदैमा शुल्कमा यसले घटबढ ल्याउने भन्दा पनि भारत र चीनको सञ्जालमार्फत अन्य देशसँग नेपाल जोडिने मार्ग बनेको छ । अब नेपाल दुई देशमार्फत विश्वभरी जोडिन्छ । 

गुणस्तरमा भने यसले पक्कै पनि परिवर्तन ल्याउँछ । इन्टरनेट प्रयोकर्ताको हिसाबले यसको बजारमा पनि केही घटबढ भने ल्याउँछ नै । 

नेपालमा पनि इन्टरनेट हभको स्थापनाका लागि विभिन्न कुरा आइरहेको अवस्थामा नेपालमा अहिले हभ स्थापनाका लागि केही कार्यक्रम तय भएका छन् ?

भारत र चीनसँग इन्टरनेटको सञ्जालमार्फत नेपाल जोडिएपछि टा«न्जिट हभको रुपमा  विकास हुनसक्छ । विभिन्न देशलाई इन्टरनेटको माध्यमबाट या दुई देशको इन्टरनेटलाई तेस्रो मुलुकसँग जोडनको लागि नेपालको प्रयोग हुन सक्छ । 

 

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया