MENU

समाज

ujyaalo forign call inside

नदीमा बालक बेपत्ता

खोटाङ, पुस २८ –खोटाङको हलेसी चुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईको छोरा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् ।साथीसँग माछा मार्न गएका १४ वर्षीय छोरा किरण राई बिहीबार दिउसोबाट बेपत्ता भएका हुन् ।

 

घर नजिकै पर्ने दूधकासीस्थित जोर्तीघाटमा माछा मार्न गएको समयमा कोसी तर्नेक्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । ट्युवमा चढेर कोसी तर्दै गरेका किरण ट्वुव बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

 

कोसीमा बगेका उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया