MENU

खेल

Ncell Axiata
NIC Asia

एन्फा नवलपरासीमा पंगेनी निर्वाचित

दयाराम आचार्य/उज्यालाे ।

नवलपरासी, पुस २८ – जिल्ला फुटबल संघ नवलपरासीको अध्यक्षमा प्रकाश पंगेनी पुनः निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशनबाट पंगेनी निर्विरोध अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

शुक्रबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक डोलराज भण्डारीले जानकारी दिनु भयो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मेघराज पाण्डे, धनबहादुर गुरुङ्ग र ज्ञानु गुरुङ्ग रहनु भएको छ । सदस्यमा हरिबहादुर थापा, मिलनकुमार गुरुङ्ग, तिर्थराज डुम्रे, घनश्याम पौडेल, सुरजकुमार कोहार, राजु जि.शि., लोकबहादुर थापा र कला महतो रहनु भएको छ ।

साधारणसभा तथा अधिवेशन कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तिलक महतले स्थानीय खेलाडीको उत्पादन र पवद्र्धनमा जिल्ला तहका खेलकुद समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुलाई एकजुट बनाई देश विकासमा अग्रसर हुन आग्रह गर्नु भयो ।

अधिवेशनमा प्रदेश ४ का प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जिल्ला खेलकुद विकास समिति नवलपरासी वर्दघाट सूस्ता पूर्वका अध्यक्ष विकास खड्कालगायतको उपस्थिति रहेको थियो । केही दिन अघिबाट नै सुरु भएको निर्वाचन प्रक्रियामा सबै पदमा एक–एक जनाको मात्रै उम्मेदवार परेपछि शुक्रबार समितिलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया