MENU

समाज

गरिवी निवारणले किसानलाई बनायो झनै गरिव

दीपक भट्ट/उज्यालो ।

रामेछाप, पुस २८ –गरिवी न्यूनिकरणका लागि गरिवी निवारण कोषका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । 

गरिवी निवारण कोषको जीविकोपार्जन कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नागदहमा सञ्चालन गरिएको घुम्ती कोष कार्यक्रमको सम्झौता अवधि सकिएको चार वर्ष बितिसक्दा पनि गरिवी निविरणकोष अन्तर्गत गठन भएका स्थानीय समूहले पाउनु पर्ने पैसा पाउन सकेका छैनन् ।

गरिवी निवारण गर्ने नाममा गरिवी निवारण कोषले रामेछापका गरिव तथा अनपढ नागरिकले हैरानी मात्रै पारेको छैन, उनीहरुलाई झनै थप ऋणमा पारेको छ ।

गरिवी घटनाउने नाममा गाउँगाउँमा गठन गरेको समूहलाई संस्थाले २०७० सालमा स्थानीय समूह गठन गरेर भँैसी पालनको लागि पहिलो किस्ता रकम दिएको थियो । भैँसी खरिद गरेर ल्याएपछि दोस्रो किस्ता दिने संस्थाले जनाएपछि समूहमा रहेका सदस्यहरुले भैँसी किन्न थप पैसा गाउँमा सयकडा ५ प्रतिशत ऋण खोजेर भैँसी खरिद गरी घरमा ल्याएका थिए ।

संस्थाले २०७३ असोजसम्म दिइसक्नु पर्ने दोस्रो किस्ता वापतको रकम अहिलेसम्म नदिएपछि किसानहरु थप मारमा परेका छन् । संस्थाका सदस्यहरुलाई अहिले साहुसँग काढेको ऋण कसरी तिर्ने भन्ने थप चिन्ताले सताएको छ ।

सदस्यहरुले चार वर्षदेखि लगातार रुपमा साहुसँग लिएको ऋणको व्याज दैनिक मजदुरी गरी कमाएको पैसाबाट तिर्दै आएका छन् । संस्थाले नागदहमा गठन गरिएको ४ वटा समूहमा गरिवी निवारण कोषले ४ लाख २४ हजार ५ सय ३० रुपैयाँ दिन बाँकी रहेको छ ।

दोस्रो किस्ता नआउँदा गरिवी निवारण कोषको रकम लिनु पूर्व संस्थाले उपलब्ध गराउने कुल रकमको १० प्रतिशत रकम समूहका सदस्यहरुले बैंकमा जम्मा गर्नुपर्ने नियम अनुसार समूहका सदस्यले बैंकमा जम्मा गरेको ४८ हजार रुपैयाँ समेत निकाल्न नपाउँदा उक्त रकमको समेत सदस्यहरु गाउँमा चर्को व्याज तिर्न बाध्य भएको शिवशक्ति सामुदायिक संस्थाका सचिव टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ’गरिवी निवारण कोषले सहयोग दिने आशा देखाएपछि आफूहरुले खुशी भएर परियोजनाको नियम अनुसार काम गरे पनि अहिले परियोजनाले उल्टै ऋणमा डुबाएकाले आफूहरु थप चिन्तित बन्नु परेको बताउनुभयो ।’

गाउँमा गठन गरिएका सामुदायिक संस्थाहरुको बैठकको लागि आफू गाउँ पुग्दा समूहका सदस्यहरुले पटक–पटक हामीले पाउने रकम खै भनेर सोध्ने गर्दा गाउँमा नियमित बैठक राख्न समेत आफूलाई समस्या परेको सामाजिक परिचालक लक्ष्मी थापामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गरिवी निवारण कोषले समूहका सदस्यहरुको रकम चारवर्षदेखि नदिँदा गाउँका गरिव समुदाय झनै गरिवीको रेखामुनि परेको वास्तवमै हो ।’ 

समुदायले पाउने रकम नदिएको विषयमा गरिवी निवारण कोषका कार्यप्रवन्धक ध्रुव लामिछानेसँग सर्म्पक गर्दा उहाँले रामेछापमा ९ वटा सहयोगी संस्थामार्फत १ हजार ५ सय ४ वटा स्थानीय समूह गठन गरी जीविको कार्यक्रम सञ्चालन गरेको भएता पनि केही संस्थाले पाउनु पर्ने रकम आफ्नै संस्थाको कमीकमजोरीका कारण पाउन नसकेको बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया