MENU

खेल

ujyaalo forign call inside

सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोडे

काठमाडौं, पुस २८ – नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन् ।

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । उनले आज स्नाचमा १ सय २१ किलो तौल उठाए ।

यसअघि मदन शिवभक्तिको नाममा १ सय २० केजीको कीर्तिमान कायम थियो । शिवभक्तिले आठौं  साफ गेममा यो कीर्तिमान कायम गरेका थिए ।

स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १ सय केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पुकार गुरुङले सुधारे कीर्तिमान

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे । 

दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए । 

पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरि प्रथम स्थान हात पारे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा १ सय १८ केजीका साथ कास्य पाए । कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

प्रतियोगिताको तेश्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उलने स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साग कास्य पाए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे । टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । महर्जनले स्नाचमा १०० केजी भार बहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य पाए । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, पूर्व उपाध्यक्ष सिताराम मास्के, नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टण्डन लगायले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया