MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

​जन्मजातै दृष्टिविहीन छविको क्यारिकेचर गर्ने अद्भुत कला

काठमाडौं, पुस २८ –जन्मजातै दृष्टिविहीन गोरखाका छवि आलेले कार्यक्रम सञ्चालकको रुपमा रेडियोमा २ वर्ष काम गरे । 

२०७१ सालदेखि उनले रेडियो मनास्लुमा ब्रेक फेल नामक हाँस्यव्यङग्य कार्यक्रम सञ्चालन गरे । २०७२ सालको अन्तिमतिर भने उनले रेडियो छोडे । 

छविले कार्यक्रम चलाउन कुनै पनि तालिम लिएका थिएनन् । उनी आफ्नै जीवन भोगाईका आधारमा रेडियोमा बोल्न सकेको बताउँछन् । अहिले पत्रकारिता अध्ययन गरिरहेका उनले रडियोमा बोल्न थालेपछि भने  तालिम लिए । रेडियो सुन्दा सुन्दै बोल्ने शैलीमा विकास भएको उनी बताउँछन् ।

उनमा रेडियोमा बोल्नै मात्रै हैन देशका विभिन्न हस्तीहरुको हुबहु नक्कल गरेर बोल्ने कला पनि छ । उनी  केही नेता र कलाकारहरुको  दुरुस्तै क्यारिकेचर गर्छन् । जसमा नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता केपी शर्मा वली,  कांग्रेस नेता शेरबहादुर देउवा, कलाकार सीतारम कट्टेल धुर्मुस, कुमार कट्टेल उर्फ जिग्री, अर्जुन घिमिरे उर्फ पाँडे,  अभिनेता  राजेश हमाल, विराज भट्ट, भुवन केसी,  पूर्व  राजा ज्ञानेन्द्र, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको क्यारीकेचर गर्छन् । 

उनी आफ्नो जीवनको लक्ष्य भनेकै रेडियोमार्फत सबै श्रोता हँसाउने हो भन्छन् । उनी सुनेकै भरमा अरुको नक्कल गर्छन् । सानैदेखि क्यारिकेचर गर्ने उनलाई कक्षा २ मा पढ्दादेखि नै शिक्षकहरुले समेत क्यारिकेचर गर्न लगाउँथे । त्यसबखत उनी नेता र अभिनेताको नक्कल गर्न सक्ने भइसकेका थिएनन् ।

तर पछिका दिनहरुमा उनले रेडियो  र टेलिभिजन सुन्नथाले र यसबाट चर्चित व्यक्तिहरुको क्यारिकेचर गर्न थाले ।  क्यारिकेचरको बारेमाउनी भन्छन्, ‘यो त भगवानको उपहार जस्तो हुँदो रहेछ । मैले जति पनि क्यारिकेचर गर्छु त्यो सबै आफै आउने हो ।’ 

-उज्यालोगफगाफ डट कमको सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया