MENU

समाज

ujyaalo forign call inside

भन्सार सेवा विस्तार गर्न पहल गर्ने

 

माेरङ, पुस २८ – मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुने भएको छ । दक्षिणवर्ती सीमा क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गर्न लागेका हुन् । 

छोटी भन्सारको सेवा विस्तार हुन नसक्दा सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रंगेली, सुुनबर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि पहल गरेका छन् । 

रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले आयात निर्यातका लागि मालबाहक सवारी साधनलाई आवतजावतका लागि रंगेली सीमा नाका जोड्ने सडक विस्तार गरिने बताउनुभयो ।

भन्सारको सेवालाई प्रभावकारी बनाउन नगरपालिका तथा गाउँपालिकाले सीमा जोडिएका मुुख्य सडकलाई विस्तारका साथै कालोपत्र गर्नेसमेत योजना बनाएको धनपाल गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताउनुभयाे । 

त्यस क्षेत्रमा रहेको मायागञ्ज भन्सार, रंगेली नगरपालिकामा रहेको चोप्रास्थित छोटीभन्सार, सुनवर्सी नगरपालिकामा रहेको सिकटी डायनिया भन्सार तथा रतुुवामाई नगरपालिकाअन्तर्गतको कुटुमगञ्ज, डोरिया तथा छलगाछी भन्सार सेवा विस्तार हुन लागेको हो । 

भन्सारको सेवा सञ्चालनका लागि मन्त्रालयसँग पहल भइरहेको धनपाल गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुुभयो । छोटी भन्सारको सेवालाई प्रभावकारी बनाउन ती स्थानीय तहले आफ्नो वार्षिक बजेटमा समेत कार्यक्रमलाई समावेश गरेका छन् । 

सीमा क्षेत्रका विभिन्न नाकामा छोटी भन्सार कार्यालय भए पनि भन्सारले सेवा विस्तार गर्न सकेको छैन ।छोटी भन्सारको सेवा विस्तार भएपछि चोरी निकासी नियन्त्रणमा आउने र राजश्व असुलीमा समेत वृद्धि हुने देखिन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया