MENU

राजनीति

ujyaalo forign call inside

छिन्ताङ हत्याकाण्ड : न्याय पाउन ३८ वर्ष कुर्नुपर्यो

सिद्धराज राई/उज्यालो।

धनकटा, पुस २९ –३८ वर्ष अगाडि खोकु छिन्ताङ र आँखिसल्लामा मारिएका १६ जना किसानलाई सरकारले शहीद घोषणा गरेर न्याय दिएको छ । 
२०३६ सालको कार्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखिसल्लामा राज्यबाट १६ जना मारिएका थिए । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले शहीद घोषणा गरेपछि न्याय पाएको अनुभुति गरेको शहीद घोषणा भएकी हाङखिमा साँइली (श्रीमाया राई)का छोरा भलकमान राईले बताउनुभयो ।
 
त्यस बेला चरम गरीबीको कारण सुरु भएको किसान आन्दोलनलाई दमन गर्नको लागि खोकु छिन्ताङ आँखिसल्लामा राज्यले किसानको हत्या गरेको थियो । खरीखोला, पातलडाँडा, तारेभीर, खानीखोला र तमोर नदी किनारमा उनीहरुको हत्या भएको थियो । तर राज्यले त्यस घटनालाई सम्बोधन गर्न सकेको थिएन् । पीडित किसानले वामपन्थी सरकार भएको बेला केही राहत रकम मात्रै पाएका थिए । बल्ल सरकारले न्याय गरेको शहीद स्मृति प्रतिष्ठान खाल्साका अध्यक्ष रुपलाल राईले बताउनुभयो ।
 
बहुदलीय व्यवस्थाको लागि खोकु, छिन्ताङ्ग र आँखिसल्लामा २०२६÷२७ सालदेखि सुरु भएको किसान आन्दोलनलाई नेकपा मालेका कार्यकर्ताहरु यम बराल, बम देवान, गोविन्द विकल र नेकपा माक्र्सवादीका नेता भक्त बोलना, रुपलाल राईहरुले संगठित गरे । यो आन्दोलन २०३५÷३६ सालमा राज्यसत्ता परिवर्तन विरुद्धको आन्दोलनमा परिवर्तन भयो । त्यसैले राज्य दमनमा उत्रियो, हत्या काण्ड भएको प्रतिष्ठानका अध्यक्ष राईले बताउनुभयो ।
प्राध्यापक डाक्टर गोपाल भट्टराईले लेखेको छिन्ताङ हत्याकाण्ड सम्बन्धी पुस्तकमा यो हत्याकाण्डको योजना तयार गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको निर्देशनमा तत्कालीन डिआइजी  डिबि लामा, कोशी अञ्चलका अञ्चलाधीश शत्रुधनप्रसाद सिंह, बिर्गेडियर जनरल कुवेर शमशेर राणा, एसपी रामबहादुर श्रेष्ठ र धनकुटाका सिडिओ वीरबहादुर भुजेलको भूमिका रहेको उल्लेख छ ।
 
त्यस हत्याकाण्डमा गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहाङ्ग, भैरवबहादुर खालिङ्ग, बलबहादुर खत्री, पुत्रमान राई, केशरबहादुर राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा रणध्वज पूमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखिमा साँइली (श्रीमाया राई) झगेन्द्र राई धनवीर दर्जी चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भीरमान दर्जीको हत्या भएको थियो ।
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया