MENU

राजनीति

Ncell Axiata
NIC Asia

अदालतलाई दबाब र प्रभावमा नपार्न बारको आग्रह


काठमाडौं, पुस २८ – नेपाल बार एसोसियशनले अदालतमाथि दबाब र प्रभावमा नपार्न अपील गरेको छ ।

डाक्टर गोविन्द केसीलाई अवहेलना मुद्दामा साधारण तारिखमा छाडेपछि आधिकारिक धारणा तय गर्न बसेको बार बैठकले कुनै पनि व्यक्तिले अदालतमाथि दबाब दिन नहुने बताएको हो ।

बारले गोविन्द केसीले अदालतको इजलाशमै उपस्थिति भएर प्रधानन्यायाधीशमाथि आरोप लगाउनुले समान्नित अदालतको मान मर्दन भएको निष्कर्ष निकालेको छ । न्यायाधीश भएका कुनै पनि गुनासो वा उजुरी न्याय परिषद्मार्फत आउनुपर्ने तर केसीले त्यस्तो प्रक्रिया अबलम्बन नगर्नु दु:खद भएको बताएको छ । 

यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकामाथि आँच आउने, जनआस्था घट्ने र गलत विधि र प्रक्रिया सुरु हुने भएकाले सबैलाई सचेत रहन बारले आग्रहसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया