MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

सामुदायिक वन उपभोक्ता समूहकै अध्यक्षको काठ मिलमा भेटियो अवैध काठ

सुमित्रा कोइराला उज्यालो । 

उदयपुर, पुस २८ – उदयपुरको सदरमुकाम गाईघाटको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको काठ मिलबाट ठूलो परिमाणमा अवैध काठ बरामद भएको छ । 
 
उदयपुरको त्रियुगा नगरपालिका–६, मा रहेको लालपत्ता सामुमायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र राउतको काठ मिलबाट काठ बरामद भएको हो । 
 
राउतले सञ्चालन गरेको शिवम् स मिलबाट श्रोत नखुलेको झण्डै दुईसय क्यू फिट सिसौको काठ फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त काठको सम्बन्धमा जिल्ला वन कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताउनुभयो । ‘अवैध काठ रहेको सूचना प्राप्त हुना साथ हामीले सहायक वन अधिकृत शत्रुधन ठाकुरलाई अनुसन्धान अधिकृत तोकेर छानविन सुरु गरेका छौँ’, भण्डारीले बताउनुभयो । 
 
काठ मिल सञ्चालक राउतले नम्बरी आवादी जग्गाको काठ भन्दै दावी गरेका छन् । ठाकुरले भन्नुभयो, ‘स मिलमा रहेको काठहरु नाप जाँच गरेर सिल गरिएको छ ।’
 
अवैध काठ वरामद भएपछि मिल संचालकलाई नियन्त्रणमा नराखी अनुसन्धान सुरु गरेको स्थानीयले गुनासो छ । सहायक वन अधिकृत शत्रुधन ठाकुरको मिलेमतोमा काठ मिलसम्म पुर्याइएको स्थानीयको आरोप छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया