MENU

समाज

Ncell Axiata

सिरहामा कम्बल बाँड्दै धुर्मुसले भने : तीन करोड नेपाली हाँसेको हेर्न चाहन्छु

सिरहा, पुस २८ – धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले शुक्रबार सिरहाका दुईसय घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

शीतलहर पीडित सिरहाको धनगढीमाई –१३, भर्लेनीका एक सय २५ परिवार सदाय (मुसहर) तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्बल वितरण गरेका हुन् ।

जाडोबाट बच्न तराई मधेशमा रहेका गरिब, दलित एवं विपन्न घरपरिवारहरुलाई न्यानो कपडा वितरण अभियानमा लागेका कट्टेलले आफू कुनै ठूलो नेता तथा अभियन्ता नभई मानवीय धर्म निर्वाहको लागि यो कार्यमा लागेको बताए । उनले पेसा चीनमा रहेका नेपालीहरुले सहयोग स्वरुप पठाएको कम्बल आफूले विपन्न दलित पीडितहरुसम्म पुर्याउने पुलको काम गरिरहेको बताए ।

सधैँ हँसाउने धुर्मुसले कम्बल वितरणको क्रममा उनले सपूर्ण नेपालीहरुको दुःखमा काँधमा काँध हातमा हात मिलाउँदै दुःखीहरुलाई सहयोग गर्नु जरुरी छ, त्यसको लागि सवैको हात्तेमालोको जरुरी छ भन्ने बताइरहँदा सवै स्थानीय भावुक भएका थिए । उनले भने, ‘मेरो चाहना भने तीन करोड नेपाली हाँसेको हेर्न चाहने हो, त्यही सपनाले मलाई यहाँसम्म ल्याएको हो ।’ 

हालसम्म सिरहामा शीतलहरका कारण ७ जनाको ज्यान गएको छ । तराईमा प्रत्येक वर्ष शीतलहर चल्छ, त्यसबाट बच्न राज्यले पूर्व तयारी पहिला नै गर्नु पर्ने हो, त्यसो नगरेको प्रति उनले दुःख व्यक्त गरे । कम्बल वितरण कार्यक्रममा गोलबजार नगारपालिका –१०, वडा अध्यक्ष देवनारायण महतो तथा धनगढीमाई नगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष सूर्यमान लामाको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया