MENU

समाज

ujyaalo forign call inside

​नक्कली नेपाली पैसा छाप्ने २ जना भारतीय नागरिक पक्राउ

नवराज पनेरु/उज्यालो ।

धनगढी, पुस २८ –प्रहरीले कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक पक्राउ गरेको छ ।

नक्कली पैसा छाप्ने गिरोहका २ जना सदस्यलाई प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९ वर्षीय अनमोल भनिने कृष्ण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६, को नेपाल भारत सीमा क्षेत्र दशगजा नजिक दुमली भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिमले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली एक हजार रुपैयाँको नक्कली नोट बनाउन राखिएका कागज, नक्कली पैसा बनाउन प्रयोग गरिने केमिकल र लेन्स पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया