MENU

खेल

ujyaalo forign call inside

​सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देहीमाथि मनाङ मस्र्याङ्दीको शानदार जित

नवराज पनेरु/उज्यालो ।

धनगढी, पुस २८ –रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी धनगढीमा भइरहेको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको क्वार्टरफाइनलको अन्तिम खेलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

२० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै पहिलो हाफमा खेललाई १–० को अवस्थामा पुर्याएका थिए । दोस्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो । मनाङका लागि ५५ आंै मिनेटमा सुजल श्रेष्ठ, ८२ आंै मिनेटमा विशाल राई र ८३ औं मिनेटमा विमल रानाले गोल गरेका थिए ।

शुक्रबारको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टिमको टुङगो लागिसकेको छ । प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र आर्मीबीच सेमिफाइनलको पहिलो खेल हुने छ भने सेमिफाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम ११ र एपिएफबीच हुनेछ ।

माफसलकै सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया