MENU

समाज

Ncell Axiata
NIC Asia

​माइत हिँडेकी महिला मृत अवस्थामा खोलामा भेटिइन्

खोटाङमा, पुस २८– माइत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१, राखाबांदेलका ५२ वर्षीया निम्दु तामाङ मृत फेला परेकी छन् ।

ऐसेलुखर्क गाउँपालिका–३, ऐसेलुखर्क ओढारेस्थित माइती घर जाने क्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१, राखाबांदेलका ५२ वर्षीया निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । 

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहीबार फेला ऐसेलुखर्क गाउँपालिका–१, राखाबांदेलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो ।

तामाङ पुस २५ गते माइती घर जानेक्रममा बेपत्ता भएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया