MENU

समाज

ujyaalo forign call inside

भूकम्पले भत्काएका विद्यालय अझै बन्न सकेनन्

ओखलढुंगा, पुस २८– ओखलढुंगाका भूकम्पबाट भत्किएका अधिकांश विद्यालयहरु अझै पुनः निर्माण भएका छैनन् । पूर्ण र आंशिक रुपमा भत्किएका विद्यालयहरुको पुनर्निर्माण नहुँदा विद्यालयहरुमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ ।

हावा पानी र चिसोको समयमा कक्षा संचालन गर्न नसकिने अवस्था रहेको महेश्वर मावि भदौरेका प्रधानाध्याक सन्तोषकाजी कार्कीले बताउनुभयो । कार्कीले विद्यालय भत्किएपछि अस्थाइ टहरा निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । विद्यालय पुनः निर्माण हुने भनिए पनि काम भने सुरु नभएको उहाँको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले भने पुनर्निर्माण गरिने विद्यालय निर्माणको काम सुरु भइसकेको दावी गरेको छ ।

जिल्लाका अधिकांश भत्किएका विद्यालयहरु पुनर्निर्माण भएका छैनन् । २०७२ को भूकम्प र त्यसपछिका पराकम्पका कारण ओखलढुंगाका ८४ विद्यालय पूर्ण क्षति र १ सय ७६ विद्यालय आंशिक क्षति भएका थिए । विद्यालयका ८ सय १० कक्षा कोठाहरु पनि क्षति भए  । अहिले जिल्ला शिक्षा कार्यालयबाट १ सय ४४ वटा विद्यालयमा मात्र अस्थायी ट्रष्ट निर्माणको चरणमा छन् ।

एसियाली विकास बैंक र पुनः निर्माण प्राधिकरणले क्रमशः १९ र ४१ विद्यालय निर्माण गर्ने सम्झौता भए पनि भरखरै काम सुरु भएको छ । दुर्गम गाउँका विद्यालय पुनर्निर्माण नहुँदा अस्थायी टहरा बनाएर विद्यालय सञ्चालन भइरहेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया