MENU

समाज

Ncell Axiata
NIC Asia

​भेरी नदीमा झोलुङ्गे पुल नबन्दा सल्यानका स्थानीयलाई सास्ती

पुरुषोत्तम गिरी उज्यालो ।

सल्यान, पुस २८ –जिल्लाको पश्चिमी क्षेत्रमा बसोबास गर्दै आएका  स्थानीय बासिन्दालाई  भेरी नदीमा पुल नहुदाँ सास्ती खेप्नु परेको छ । 
बन्गाड कुपिण्डे नगरपालिका – १ मा रहेको नाम्रा, वडा नम्बर –२, को लाहाघाट, राईरा र वडा नम्बर– ३ मा बसोबास गर्ने  स्थानीयहरु भेरी नदीमा पुल नहुँदा निक्कै दुःख खेपिरहेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका –१, को नाम्रमा झोलुङ्गे पुलको लागि सर्वे भएको १ वर्ष बितिसक्यो तर कामको अझै सुरुवात नभएको स्थानीय गोपीलाल आचार्यले भन्नुभयो । त्यसै गरी पायक पर्ने ठाउँमा झोलुङ्गे पुल नहुँदा बामेको राइरा र लाहाघाटका स्थानीयले समेत दुःख झेलिरहेको बताएका छन् । जोखिमपूर्ण तरिकाले भेरी नदी पार गर्न खोज्दा बर्सेनि नदीमा डुबेर स्थानीयको ज्यान जाने गरेको छ ।

झोलुङ्गे पुलको लागि ती सबै क्षेत्रमा काम सुरु भए पनि समयमा काम सम्पन्न नहुँदा हामीले दुःख पाएका छौं । भगवती प्रावि बाहुन गाउँका प्रधानाध्यापक गंगा शर्माले बताउनुभयो । झोलुङ्गे पुलको लागि भनेर देवस्थलको नाम्रा, काँरागाउँको जिउला,बामे, चैतुवा लगायतका स्थानमा पुल निमार्णको काम भैरहेको छ ।

कतिपय स्थानमा कामको सुरुवात भएको लामो समय बित्दा पनि पूरा नभएको  र देवस्थलको नाम्रालगायतका क्षेत्रमा अझै पुल निमार्णको कामको सुरुवात समेत नभएको स्थानीयले बताए । भेरी नदी किनारमा बसोबास गर्ने बस्तीका स्थानीयले दैनिक आवश्यक पर्ने सामाग्री ओसारपसारमा कठिनाई भोगिरहेको बताउँछन । 

यस्तै आफूले उत्पादन गरेका सामग्री समेत बिक्री गर्न समस्या रहेको समेत स्थानीयको गुनासो रहेको छ । सरसामानलगायत आवतजावतको लागि जोखिमपूर्ण तवरले भेरी वारपार गर्नु परेको स्थानीय बासिन्दा शेरबहादुर घर्तीले दुखेसो पोख्नुभयो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया