MENU

समाज

ujyaalo forign call inside

करोडौंको ट्यांकी प्रयोग नहुँदा उपभोक्ता दुषित पानी पिउन बाध्य

सुजता सुनुवार/उज्यालो।

इलाम,पुस २८ – इलाममा पानी शुद्धिकरण ट्याङ्की प्रयोगविहीन भएपछि उपभोक्ता दुषित पानी पिउन बाध्य भएका छन् ।

जिल्लाको सन्दकपुर गाउँपालिका जस्बिरे नजिकै चारखाँदे छेउमा बनाइएको, पानी शुद्धिकरण ट्याङ्की प्रयोगमा नआएपछि शुद्ध पानीको अभाव भएको हो ।
६ वर्ष अगाडि चार करोड रुपैयाँको लगानीमा बनाइएको ट्याङ्की अहिलेसम्म प्रयोग नभएको स्थानीयको भनाइ छ ।

अहिले इलाम नगरपालिकाको कार्यालयले खोल्साको पानी सीधै उपभोक्ताको धारामा आएको छ । केही समयअघि इलाम बजारमा वितरण गरेको पानी परीक्षण गर्दा कोलिफर्मको मात्र पाइएको थियो ।

कोलिफर्मयुक्त पानी मानव स्वास्थ्यका लागि हानीकारक हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताउनुभयो  । पछिल्लो समय इलाममा पानीजन्य रोगहरु बढ्दै गएको जिल्ला अस्पताल इलामले जनाएको छ ।

अहिले सन्दकपुर गाउँपालिकाको सडक निर्माणका क्रममा खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि समस्या झनै जटिल बनेको छ । सडक निर्माणका क्रममा सदरमुकामबाट ३१ किलोमिटर टाढाको सन्दकपुर गाउँपालिका माइमझुवाको गिताङ खोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको छ ।

नगरपालिकाले अहिले सन्दकपुर गाउँपालिकाकै ठाडे खोल्साबाट पानी सीधै पाइपलाइनमा राखेर वितरण गरिरहेको छ । ठाडे खोल्साको माथिल्लो भेगमा माइपतालको बस्ती छ । यसले पनि शुद्ध पानी आपूर्तिमा थप समस्या भएको छ ।

चार करोड लगानी गरेको ट्याङ्की प्रयोगविहीन हुँदा सदरमुकामका ३ हजार ७ सय २० धाराका झण्डै ५० हजार उपभोक्ता शुद्ध पानी पिउनबाट वञ्चित भइरहेका छन् । 

 

 

 

 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया