MENU

राजनीति

ujyaalo forign call inside

दुःखलाई सुखमा बदलेर जनताको मुहारमा खुशी ल्याउँछौँ : प्रचण्ड

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, पुस २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रातसाधनको अधिकतम प्रयोग गरेर देशको आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ ।

छैटौं म्याग्दी महोत्सवको शुक्रबार सदरमुकाम बेनीमा उद्घाटन गर्दै उहाँले देशमा रहेको प्राकृतिक स्रोत र साधनहरुको प्रयोग गरी नयाँ नेपाल निर्माणमा लाग्नुपर्ने बताउनुभएको हो ।

‘यतिन्जेल हामीले राजनीतिका लागि विकासका कुरा ग¥यौं’, दाहालले भन्नुभयो, ‘अब विकासका निम्ती राजनीतिका कुरा गरेमा नयाँ नेपाल निर्माण सम्भव छ ।’ उहाँले दुःखलाई सुखमा बदलेर नेपाली जनताको मुहारमा खुशी ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पूर्वाधार, जलविद्युत र पर्यटनको विकासमा गति दिन नसके, स्थायित्व तथा समृद्धिको पक्षमा आएको जनमतको नहुने र देश फेरि ठूलो दुर्घटनामा पर्नसक्ने बताउनुभएको छ ।

प्रचण्डले छिमेकी देश भारत र चीनमा भएको विकासबाट नेपाल लाभान्वित हुनुपर्ने भन्दै विश्वका धेरै देशहरुमध्ये नेपाललाई पनि १० वर्षभित्रमा समृद्ध देशमा लैजान सकिने पर्याप्त सम्भावना रहेकाले त्यसको सङ्कल्प गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले हेटौंडा–काठमाडौं रेलमार्ग, तराइमा पूर्व–पश्चिम रेलमार्ग, केरुङ–ठोरी राजमार्ग हुँदै कलकत्तासम्म जोड्ने राजमार्ग निर्माण गर्न सकेमा देशमा आर्थिक परिवर्तन तुरुन्तै आउने सम्भावना रहेको बताउनुभएको थियो । उहाँले अब उत्तरी देश चीनसँगको कोरला नाका पनि खुल्ने बताउनुभएको छ ।

राजनीतिक स्थिरता र लोकतन्त्रको राम्रो अभ्यासका लागि नीति, सिद्धान्त, विचार र एजेण्डा मिल्ने पार्टीसँग गठबन्धन गरिएको बताउँदै नेता प्रचण्डले कसैका विरुद्धमा गठबन्धन नगरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रचण्डले सहायक जिल्ला वन अधिकृत एवं जडिबुटी विशेषज्ञ चन्द्रमणि सापकोटाद्वारा लिखित ‘धौलागिरी हिमालय क्षेत्रमा पाइने जडिबुटी’ नामक पुस्तकको विमोचन पनि गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निर्मित लिफ्ट सिचाईं प्रविधिको मोबाइलको एप्स अन गरेर प्रचण्डले आयोजनाको उद्घाटन पनि गर्नुभएको थियो । प्रचण्डलाई म्याग्दी महोत्सवमा ३० किलोको माला लगाइदिएका थिए ।

 

 


 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया