MENU

राजनीति

Ncell Axiata
NIC Asia

राष्ट्रियसभाको उम्मेदवार सिफारिसका लागि एमालेले मापदण्ड बनायो

काठमाडौं, पुस २८ –नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ । 

केन्द्रीय सचिवालयको आजको बैठकले संविधानको धारा ८७ अनुसारको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । 

आगामी माघ २४ गते हुने चुनावका लागि एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नेछ । यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ । 

माघ ५ गतेभित्र प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उम्मेदवारी सिफारिस गरी पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया