MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रियसभा सदस्य चुनावका लागि २१ दलको दर्ता

काठमाडौं, पुस २८ –राष्ट्रियसभा सदस्य चुनावमा भाग लिन २१ राजनीतिक दलले दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगले दिएको १५ दिनको आज अन्तिम दिनसम्म २१ वटा राजनीतिक दलले राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसअघि स्थानीय तह तथा प्रतिनिधि र प्रदेशसभा चुनावमा एक सिट नजितेका दलले पनि राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेका छन् । 

राष्ट्रियसभा सदस्यका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदले मतदान गर्ने छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलले यसअघिका चुनावमा एक सिट पनि जितेका छैनन् । 

राष्ट्रिय सभा सदस्यको चुनाव आगामी माघ २४ गते बुधबार हुनेछ । निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया