MENU

खेल

ujyaalo forign call inside

सान्चेजलाई अनुबन्ध गर्ने म्यानचेस्टर सिटी पछि, अघि बढ्यो युनाइटे

पुस २९ – आर्सनलका स्टार खेलाडी एलेक्स सान्चेजलाई म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने सम्भावना बढेको छ । लामो समयदेखि म्यानचेस्टर सिटीको नजरमा रहेका चिलीका सान्चेजलाई जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने सम्भावना बढेको हो ।

आर्सनलले सान्चेजका लागि ३५ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । यस्तै सान्चेजका एजेन्टले अनुबन्धबापत आफूले थप पाँच मिलियन पाउनु पर्ने बताएका छन् । यसरी हेर्दा सान्चेजलाई अनुबन्ध गर्न चाहने क्लबले उनका लागि समग्रमा ४० मिलियन पाउण्ड खर्चिनु पर्छ । यो रकम पेप गाडिवलाको टिम म्यानचेस्टर सिटीले तिर्न चाहेको भन्दा दोब्बर हो । तर म्यानचेस्टर युनाइटेड भने राम्रो खेलाडीका लागि बढी रकम पनि खर्चिन तयार रहेको देखिएको छ ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले शुक्रबार सान्चेज अभूतपूर्व खेलाडी रहेको बताएका छन् । उनले भने ‘सान्चेज आर्सनलका खेलाडी हुन् । यो सप्ताहन्त के हुन्छ थाहा छैन । जनवरी विण्डोमा खेलाडी अनुबन्ध गर्नु त्यति उपयुक्त लाग्दैन । तर राम्रो खेलाडी छन् भने अनुबन्धका लागि जहिले पनि तयार हुनु पर्छ । म, हाम्रो बोर्ड र लगानीकर्ताहरु पनि त्यसमा तयार छन् । राम्रो खेलाडी भए जनवरी, मार्च वा जुलाई जुन समयमा अनुबन्ध गरे पनि हुन्छ ।’

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पनि सान्चेजलाई अनुबन्ध गर्न चासो देखाएको छ । तर सान्चेजले भने म्यानचेस्टर सिटीमा जाने इच्छा देखाएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया