MENU

समाज

ujyaalo forign call inside

युवालाई खाडीका देश जान रोक्नुपर्छ

नवलपरासी, पुस २९ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले युवालाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रबारदेखि सुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीका देश जान रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा वेरोजगारी समस्या बढेको बताउँदै सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो ।

हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘समाज परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाभरिका झण्डै १०० जना युवाको सहभागिता छ ।

दिगो समृद्ध समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि युवालाई उत्तरदायी गराई समाजका हरेक कार्यमा युवालाई संलग्न गराउनका लागिसम्मेलनले टेवा पुर्‍याउने आयोजकले जनाएको छ । 

सम्मेलनबाट आएका निष्कर्षबाट ‘युवा घोषणापत्र’ जारी गरी नवलपरासीका सम्पूर्ण स्थानीय तहका प्रमुख उपप्रमुखलाई हस्तान्तरण गरिने छ । सम्मेलन शनिबार सकिने छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया