MENU

राजनीति

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं, पुस २९ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । 

आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको लागि प्रदेश नम्बर १ को मोरङ, प्रदेश नम्बर २ को धनुषा, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्की, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागेको हो । आयोगले बुधबार निर्वाचन अधिकृत नियुक्त गरेपछि शनिबार कार्यालय स्थापना गर्न लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

आयोगले मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा, धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती, ललितपुरका जिल्ला न्यायाधीश बालकुमुन्द दवाडी, कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, दाङका जिल्ला न्यायाधीश हेमन्त रावल, सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु र डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया