MENU

मनोरञ्जन

ujyaalo forign call inside

मेलिना राईको ‘राजा बनाउँला’ (भिडियोसहित)

काठमाडौं, पुस २९ – गायिका मेलिना राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको संगीत रहेको ‘दिलमा सजाउँला’ बोलको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । 

लामो समयदेखि सर्वाधिक प्रतिक्षा गरिएको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । संगीतकारको रुपमा स्थापित हुने क्रममा उनले यस गीतबाट दर्शक तथा स्रोताको माया पाउने विश्वास लिएका छन् । आफूले धेरै मिहेनत र लामो समयको प्र्रतिक्षापछि सार्वजनिक गरिएकाले दर्शक तथा स्रोताको लागि गीत विशेष लाग्ने उनको भनाई छ ।

गीतमा मेलिनासँगै गायक सुमन केसीको स्वर रहेको छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन् । भिडियोमा चर्चित मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठले अनस्क्रिन रोमान्स गरेका छन् । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गौरव गिरीले निर्देशन दिएका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया