MENU

समाज

Ncell Axiata

पत्रकार महासंघको कार्यक्रम दूतावासले बहिष्कार गर्‍यो

उमाकान्त पाण्डे/उज्यालो । 

पुस २९ – युएईस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ युएई शाखाको १० औं वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेको छ ।  यस्ता कार्यक्रममा सहभागी हुने चलन नभएको भन्दै दूतावासले सहभागिता नजनाएको बताएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रमबारे तीन हप्ता अगाडि जानकारी गराएर अधिकारिक पत्र पठाउँदा पनि दूतावासले कार्यक्रम बहिष्कार गरेको महासंघका अध्यक्ष भूपराज बस्यालले बताउनुभयो ।

उहाँले आमन्त्रणका लागि पठाएको इमेलमा युएईका लागि कार्यबहाक राजदूत नेत्रबहादुर टण्डनले यस्ता कार्यक्रममा सहभागी नहुने जवाफ फर्काउनुभएको थियो । टन्डनले कार्यवाहक राजदूतको जिम्मेवारी पाएपछि पत्रकारसँग सकारात्मक सम्बन्ध सुरु गर्नुभएको थियो ।

 तर आबुधावीको मुसाफामा दलालले अलपत्र परेका १९ जना नेपालीको मुद्दामा दूतावासका अधिकारीको नेक्सस रहेकोबारे तथ्य सहित समाचार आएपछि टन्डनले पित पत्रकारिता गरेको आरोपसहित प्रेस विज्ञप्ती जारी गर्नुभएको थियो । 

परराष्ट्र स्रोतका अनुसार उहाँले युएईमा अवैधरुपमा पत्रकारिता गरिरहेका नेपालीका कारण समस्या आएको र भविष्यमा पनि यस्ता समस्या आउन सक्ने भन्दै परराष्ट्रलाई इमेल गर्नुभएको थियो । उहाँ अर्को साता कार्यकाल सकेर स्वदेश फर्कदै हुनुहुन्छ ।

पत्रकार महासंघले १० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनायो 

नेपाल पत्रकार महासंघ युएई शाखाले विभिन्न कार्यक्रम गरेर शुक्रबार मनाएको छ । वैदेशिक शाखा अन्तर्गत पहिलो शाखाको रुपमा स्थापना भएको युएई शाखाले दुवईमा आधारभूत तथा खोज पत्रकारिता तालिम तथा औपचारिक विशेष कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।

 खोज पत्रकारिता केन्द्रका सम्पादक तथा महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यता र प्रेस सेनटर, प्रदेश नम्बर ३ का अध्यक्ष सुनिल खड्काको विशेष अतिथ्यतामा भएको कार्यक्रममा युएईमा रहेका संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

आधारभूत तथा खोज पत्रकारिता तालिम 

वार्षिक उत्सवको अवसरमा आयोजित आधारभूत खोज पत्रकारिता तालिममा ४५ जनाले सहभागिता जनाएका थिए । तालिममा यहाँ पत्रकारिता गरिरहेका र पत्रकारितामा रुची राख्नेहरुको सहभागिता थियो । 

एफएनजे अवार्डबाट ढुंगेल सम्मानित 

शाखाले गएको वर्षबाट सुरु गरेको एफएनजे वर्ष पुरस्कारबाट युएईमा सक्रिय पत्रकार रामप्रसाद ढुंगेललाई सम्मान गरेको छ । ढुंगलले पहिले कतार र अहिले युएईमा बसेर पत्रकारिता गरिरहनु भएको छ । 

त्यस्तै पहिले मलेसिया र हाल युएईमा रहेर नागरिक पत्रकारिता गरिरहेका सुसान आचार्य नवप्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । महासंघको युएई शाखाका संस्थापक सदस्य नारायण अधिकारी र निमेश गिरीलाई पनि सम्मान गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया