MENU

मनोरञ्जन

नायिका रेखा थापाले गरिन विद्यार्थीसँग सचेतनाका कुरा

लमजुङ, पुस २९ – नारी प्रधान चलचित्र निर्माण र अभिनय गर्न रुचाउने नेपाली सिने जगतकी चर्चित नायिक रेखा थापाले कलिलै उमेरमा विवाह गर्न नहुने बताउनुभएको छ । शारीरिक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भएकाले सानै उमेरमा विवाह गर्न नहुने उहाँको भनाई छ ।

बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा लमजुङ आउनुभएकी नायिका थापाले विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । सानो उमेरमा नबुझिकनै विवाह गर्दा प्राय महिलाको भविष्य अन्धकारमा परेको उहाँले बताउनुभयो ।  

नायिका थापाले व्यक्त गरेका कुराबाट आफूमा बेग्लै आँट र विश्वास पलाएको भक्ति नमूना मावि कक्षा १२ मा अध्ययनरत छात्रा सुस्मिता कार्कीले बताउनुभयो । अन्य विद्यार्थीले पनि रेखा थापाको कुराबाट आफूहरुमा आत्मविश्वास बढेको बताएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया