MENU

समाज

Ncell Axiata

​थारु बस्तीमा माघीको रौनक

बाँके, पुस २९ – थारु समुदायको माघी पर्व आउन एकदिन मात्र बाँकी हुँदा थारु बस्तीमा माघी पर्वको चहलपहल बढेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो ।

माघी पर्वलाई भव्य रुपमा मनाउने थारु समुदायका नागरिक अहिले माघीको तयारीमा जुटेका छन् । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बाँके टिटिहिरियाका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो । माघीमा आफन्तहरु आउने भएकाले गर्दा आफन्तको सेवा सत्कारका लागि सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

माघ महिनामा थारु समुदायमा घर फुट्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपूर्ण योजना बनाउने भएको हुनाले माघ महिनाको १ गतेलाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गन्जि, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ ।

माघ १ गतेको विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफूभन्दा ठुलासँग आर्शिवाद लिने चलन थारु समुदायमा रहेको छ । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु समुदायमा विभिन्न खालका महोत्सवको आयोजना गर्न समेत थालिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया