MENU

समाज

Ncell Axiata

कुवेतमा ‘प्रेम बचाउ अभियान’ सुरु

कोशराज राई/कुवेत ।

पुस २९ – कुवेतमा ‘प्रेम बचाउ’ अभियान सुरु भएको छ । २१ महिनादेखि साउदीमा जेल सजाय भोगिरहेका इलामको माइ नगरमालिका ५ का प्रेम राईले जेलमुक्त हुन तिर्नुपर्ने ९५ लाख रुपैयाँ जुटाउन चक्र कुलुङ राईको संयोजकत्वमा ‘प्रेम बचाउ’ अभियान सुरु गरिएको हो ।

प्रेम बचाउ अभियान मुल समिति काठमाडौं साउदीले विश्वव्यापी रुपमा प्रेम बचाउ अभियान सञ्चालन गरेपछि आर्थिक सहयोग गर्ने उद्देश्यले कुवेतबाट पनि यो अभियान थालिएको संयोजक चक्र कुलुङले जानकारी दिनुभयो ।

सन् २०१२ मा रोजगारीका लागि साउदी उडेका प्रेमबहादुर जेल परेको २१ महिना भयो । प्रेमबहादुर विरुद्ध कम्पनीले मुद्दा हालेको हो । त्यही मुद्दामा उहाँ जेल पर्नुभएको हो । अब उहाँले घर फर्कन ३ लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ) तिर्नपर्छ । 

साउदीमा लरी चलाउने प्रेमबहादुरले पार्किङमा राखेको गाडी हराएको र भेट्टिदा सामान हराएको, फुटेको अवस्थामा भेटिएको थियो । कम्पनीभन्दा १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि पार्किङमा गाडि रोकेर साथी भेट्न गएका प्रेम फर्कदा पार्किङ बाटै गाडी हराएको थियो ।

कम्पनीले आफूले निर्देशन गरेको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै प्रेमबहादुर माथि मुद्दा चलाएको थियो । अदालतले कम्पनीकै कुरालाई सदर गर्दै प्रेमबहादुरलाई दोषी ठहर ग¥यो । लापरवाही गरेको अभियोगमा उहाँले ५० कोर्रा र दुई महिना जेल सजाय भोगिसक्नुभएको थियो । 

सजाय सकिएपछि घर फर्कन खोज्दा कम्पनीले उहाँलाई पासपोर्ट दिनुको सट्टा गाडीको सामान हराएको र तोडफोड गरेको भन्दै फेरि मुद्दा हालेर क्षतिपूर्ति माग्यो । प्रेम अहिले दोहोरो मुद्दा खेपिरहनुभएको छ ।

प्रेम बचाउ समिति कुवेत शाखाका संयोजक चक्र कुलुङ राईले सहयोग संकलन सुरु भइसकेको र सहयोग पनि आउन थालिसकेको जानकारी दिनुभयो ।  शाखाले सहयोगका लागि सबैलाई आग्रह गरको छ ।

सहयोगका लागि शाखाका संयोजक तथा कोषाध्यक्ष चक्र कुलुङ राईको सम्र्क नम्बर ९६६२४३६७२०, सदस्य सचिव ललित कुलुङ राइको सम्पर्क नम्बर ९६५०१५११३० वा अरु सदस्यलाई सम्पर्क गरेरपनि सहयोग गर्न सकिने छ ।

यस्तै, नभएपछि कुलुङ्ग संघ काठमाडौंको सहायतामा सहयोग रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक खाता खोलिएको छ ।  ०२९०५०३०२८५१७९ प्रेमलाई सहयोग गर्न खोलिएको खाता नम्बर हो ।

यो पनि पढ्नुहोस्

साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया