MENU

समाज

Ncell Axiata

स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु

धादिङ,पुस २९ – त्रिभुवन राजपथ अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक जिवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडांैतर्फ आउँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा चिवन रत्ननगर नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । सोही दुर्घटनामा चितवन स्थित सोही स्थानकी ३० वर्षीया खीम कुमारी महतो घायते भएकी छिन् । घाइतेको धार्के स्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस