MENU

साहित्य/ कला

Ncell Axiata

‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् । 

शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आफ्ना थुप्रै यारहरुलाई साक्षी राखेर उनको संस्मरणको विमोचन  भएको छ । उनको पुस्तकको विमोचन पनि उनकै यारहरुले गरेका थिए । ‘न्यूरोड ग्याङ’ मा आवद्ध उनका साथी तथा अन्य अग्रज साहित्यकारले ‘यार’ को विमोचन गरेका हुन् । कुनै समयमा नयनराज पाण्डेलगायतका समूह काठमाडौंको न्यूरोडमा भेला हुन्थे । त्यो समूह न्यूरोड ग्याङका नामले चिनिन्थ्यो । विमोचन गर्नेहरुमा थिए, लेखक पाण्डेले विभिन्न समयखण्डमा यार बनाएका व्यक्तिहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव तथा शादूर्ल भट्टराई ।

जीवनका विभिन्न क्षणमा आफ्ना साथीभाइसँगका तिता मिठा सम्बन्धलाई उनले आफ्नो संस्मरणमा समेटेको बताए । आफूले इमान्दार भएर नै संस्मरण लेखेको बताउँदै पाण्डेले भने, ‘यारमा कुनै बनावटी कुरा लेखेको छैन, साथीभाइका कमजोरी मात्रै होइन, आफ्नै कमजोरीलाई पनि मैले प्रस्तुत गरेको छु ।’ संस्मरणमा कथा तथा उपन्यासमा भन्दा इमानदार बन्न सकिने भएकैले आफूले आफ्ना भोगाइहरुलाई संस्मरणमा उतारेको पाण्डेले बताए । 

त्यस्तै पाण्डेले आफ्नो संस्मरणमा धेरैका पोल खोलेको बताए । अरुको पोल खोल्ने क्रममा आफ्नै पनि पोल खालेको उनको स्वीकारोक्ति थियो । उनले संस्मरणमा २५ वटा विभिन्न उपशीर्षक दिएका छन् । तीमध्ये ‘धराप’ लेख्न आफूलाई कठिन भएको उनले बताए । ‘धराप’ मा आफू पारिवारिक र व्यक्तिगत कुरामा केन्द्रित भएकाले पनि यो खण्ड पूरा गर्न कठिन भएको बताए । ‘धराप’ मा श्रीमतीसँगका कुरा र आफ्ना प्रेम प्रसंगहरु पनि भएकाले आफूले सबैभन्दा पहिले श्रीमतीलाई पढ्न दिएको बताए । आफूलाई संस्मरण लेख्न श्रीमतीले निकै सघाएको पनि उनले छुटाएनन् ।  

शिवानीसिंह थारुको अर्को प्रश्नमा उनले आफूलाई समकालिन लेखकको इष्र्या लाग्ने पनि बताए ।  उनले भने, ‘बुद्धिसागरको इष्र्या लाग्छ तर उनको पुस्तक विमोचनको दिन मैले घडीको सुई घुमाइदिएको त छैन । मलाई  अमर, राजव, नारायण ढकाललगायतका लेखकको इष्र्या लाग्छ  ।’ 

समकालिन साहित्यमा अग्रस्थानमा रहेका नयनराज पाण्डेका उपन्यास ‘उलार’को प्रकाशन भएको २० वर्ष नाघिसक्दा पनि पाठकहरुमाझ उत्तिकै लोकप्रिय छ । त्यस्तै उनका अन्य उपन्यासहरु ‘लू’, ‘घामकिरी’, ‘सल्लीपिर’ तथा कथासंग्रह ‘चकलेट’ पनि उत्तिकै लोकप्रिय छन् । 

नयनराज पाण्डेको संस्मरण ‘यार’ फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । २४० पृष्ठ रहेको यस पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

  • ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’ सार्वजनिक

    काठमाडौं, पुस १७ –साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास(पुस्तक) विमोचन भएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया