MENU

समाज

ujyaalo forign call inside

​सेनाद्वारा दुई कोठे विद्यालय भवन निर्माण

बिमल विष्ट/उज्यालो

डोटी, पुस २९ – डोटीमा नेपाली सेनाले दुई कोठे विद्यालयको भवन निर्माण गरेको छ । शिखर नगरपालिका–१ को भगवती प्राथमिक विद्यालय शेरीमा सेनाको सुदूरपश्चिम पृतनाको आर्थिक सहयोग तथा सर्वेश्वर गणको श्रमदानबाट दुई कोठे पक्कि भवन निर्माण गरिएको हो । सेनाले निर्माण गरेको भवनको शनिबार सुदूरपश्चिम पृतनापती उपरथी झंकरबहादुर कडायतले उद्घाटन गर्नुभएको छ ।

विद्यार्थीलाई पठन पाठनमा राहत मिलोस भन्ने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको पृतनापती उपरथी कडायतले जानकारी दिनुभयो । एक सय ५० भन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा चार कक्षा सम्म पढाइ हुँदै आएको छ ।

विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएका थिए अहिले सेनाले विद्यालय भवन बनाई दिएकाले सजिलो भएको विद्यालयका प्रधानाध्यापक सरस्वती शाहीले बताउनुभयो । 

विद्यालयमा सेनाले यसअघि फर्निचर प्रदान गरेको थियो । उक्त भवन ३ लाख २९ हजार ९ सय ९३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सर्वेश्वर गणका सुबेदार मेजर कालुसिंह साउदले बताउनुभयो । सुदूरपश्चिम पृतनाले ०६२ साल देखि यो विद्यालयलाई सहयोग गर्दै आएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया