MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

साउदी अरब : फुटबल खेले पुरुषले, रेकर्ड तोडे महिलाले


पुस २९ –साउदी अरबमा शुक्रबार पहिलो पल्ट रगंशालामै गएर महिलाले पनि फुटबल म्याच हेरेका छन् । जेद्धाहको एक रगंशालामा भएको खेल हेर्नका लागि उल्लेख्य संख्यामा महिला दर्शक पनि पुगेका थिए ।

रगंशाला छिर्न उनीहरुलाई ‘फेमिली गेट’ को व्यवस्था गरिएको थियो । त्यस्तै उनीहरुलाई बस्ने ‘फेमिली सेक्सन’ छुट्टै थियो । 

साउदी महिलाको लागि यो एउटा ऐतिहासिक क्षण थियो । दशकौंदेखि साउदी अरबमा महिलालाई विभिन्न किसिमका प्रतिबन्ध लगाइएको छ । केही प्रतिबन्धहरु हालसालै हटाइएको छ । साउदी राजकुमार मोहम्मब बिन सलमानले केही उदार नीति ल्याउने पनि आशा गरिएको छ । सलमानले सामाजिक सुधारका कामहरु गर्ने अपेक्षा गरिएको छ । यो महिना तीन वटा रगंशालामा गएर साउदी महिललाले खेल हेर्न सक्नेछन् । 

त्यस्तै शुक्रबार नै साउदी महिलाका लागि अर्को पनि खुशीको खबर थियो । जेद्धाहमै पूर्ण रुपमा महिलालाई लक्षित गरी कार शोरुम खोलिएको थियो । यसै महिनाको जूनमा पहिलो पल्ट साउदी महिलालाई कार चलाउने अनुमति प्रदान गरिएको थियो । गएको वर्षको सेप्टेम्बरमा महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरिएको थियो ।

 

जेद्धाहमा महिला दर्शकलाई स्वागत गर्नका लागि महिला कर्मचारी नै राखिएको थियो । महिला दर्शकहरु आ–आफ्ना टिमको समर्थन गरेका थिए । यसै समयमा सामाजिक सञ्जालमा ह्यासट्याग पनि निकै लोकप्रिय भएको थियो ।  जसको अर्थ थियो, ‘मानिसहरु रगंशालामा प्रवेश गर्दै गरेका महिलाको स्वागत गर्दछन् ।’ 

अझै पनि साउदी अरबमा महिललाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । यात्राको क्रममा परिवारका एक पुरुष सदस्य साथमा हुनु अनिवार्य हुन्छ । त्यस्तै क्याफेमा पनि दुइटा सेक्सन हुन्छ । एउटा पुरुषका लागि, एउटा परिवारका लागि । परिवारवाला सेक्सनमा महिलालाई बस्ने अनुमति दिएको हुन्छ । 

साउदी अरबका अझै पनि पुरुषको अनुमति बिना महिलाले यी काम गर्न पाउँदैनन् ।

  • पासपोर्टका लागि आवेदन
  • विदेश यात्रा
  • विवाह
  • बैंक खाता खोल्न
  • विशेष प्रकारका व्यवसाय गर्न

पछिल्लो समय साउदी राजकुमार मोहम्मद बिन सलमानले केही उदार नीति लिएको विश्लेषकहरु बताउँछन् । आधुनिकीकरणसँगै साउदी अरब पनि उदार मुलुक बन्ने उनले घोषणा पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया