समाज
यस्तो गाउँ जहाँ सोलारले पानी उपलब्ध गरायो
- Saturday, Jan 13, 2018
- 17:48 PM ( 3 months ago )
- Total Views: 2.5 K
जनार्दन घिमिरे, उज्यालो ।
गुल्मी, पुस २९ –खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउ“बस्तीमै पुर्याइदिएपछि गुल्मीको जीमी र नरम गाउँका स्थानीयले सुविधा पाएको महसुस गरेका छन् । गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिंचाई गरेर आम्दानी गर्न सुरु गरेका छन् ।
नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउ“पालिका–४, बिरबासको जीमी र छत्रकोट गाउ“पालिका–३, हर्दिनेटाको नरम गाउँका १ सय ६३ भन्दा बढी घरपरिवारको घरघरमै पानी पुगको हो ।
रिन्यूएवल वर्डको आर्थिक एवं आइडिइ र सप्रोस नेपालको प्राविधिक एवं नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउ“मै खानेपानी पु¥याइएको हो । गाउ“मा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन् ।
नजिक मुहान नभएकै कारण गाउ“लेलाई घरघरमै मिटर जडान गरेर खानेपानीको सुविधा लिने र सिंचाई गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको बिरबासको जीमीकी माया रेश्मीले बताउनुभयो ।
‘यसरी घर घरमै पानीको धारा आउला भन्ने त कुनै कल्पना पनि थिएन’, रेश्मीले भन्नुभयो, ‘अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाईसमेत निकै सजिलो भएको छ ।’ यस अघि गाउ“लेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नु पर्ने बाध्यता हटेको रेश्मीले बताउनुभयो ।
बिरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाईमा दैनिक १० हजार लिटर पम्पिङमार्फत जीमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारामार्फत वितरण गरिएको छ ।
त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २ सय ७ मिटर उचाईमा दैनिक ३० हजार ५ सय ३० लिटर पानी पम्पिङ ७८ घर धुरी र एक विद्यालयमा १ घर १ धारा प्रणालीमा वितरण गरिएको रिन्यूएवल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताउनुभयो ।
पानीको सुविधासँगै महिलाले बचेको समयमा घर नजिकैको बारीमा सिंचाई गरेर तरकारी उत्पादन गर्न थालेका छन् । तरकारी उत्पादन सुरु गरेपछि त्यहाँका महिलाहरुले घर खर्चसमेत टार्न थालेका छन् ।
घरमा आएको धाराको पानीको राम्रो सदुपयोग गर्दै महिलाले सिजनमै १० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको गुल्मी दरबार गाउ“पालिका–४, बिरबासका वडा सचिव फर्सबहादुर कार्कीले बताउनुभयो ।
‘धेरै वर्षपछि सोलार प्रविधिले गाउ“मै ल्याइएको पानीलाई महिलाले राम्रो सदुपयोग गर्न थालेका छन्,’ कार्किले भन्नुभयोे, ‘कुवाको पानी खाने उपभोक्तालाई सुविधासँगै उत्पादन र आम्दानी समेत बढेको छ ।’ साना मुहान भएका र बाक्लो बस्ती भएका गाउ“लाई यस्तो प्रविधि सहयोगी र सफल बन्ने देखिएको उहाँले बताउनुभयो ।
योजना व्यवस्थापनका लागि उपभोक्ता आफैले समिति गठन गरेर योजना मर्मतका लागि प्रति घर १ हजार रुपैयाँ र पानी खपत गरेको आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । गाउ“मा पानी पुर्याउन स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै ९२ लाख रुपैयाँ खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
ढाकाबाट आएका बस धुलिखेल पुगे
काठमाडौं, वैशाख १३ – झण्डै १२ सय किलोमिटर दूरी पार गर्दै बंगलादेशबाट दुई वटा यात्रुवाहक बस बिहीबार काठमाडौं हुँदै धुलिखेल पुगेका छन् ।
-
पर्वतमा बस दुर्घटना : २१ जना घाइते
पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
-
नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
काठमाडौं, वैशाख १३ – भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा विवाद देखिएको छ ।
-
दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
महोत्तरी, वैशाख १३ – दिनभर नै अरुको खेतमा भौतारिँदै मुसाको खोजी कार्य गर्ने तथा अरुको खेतमा गएर मजदुरी गर्ने एक सय भन्दा बढी बालबालिकाहरु बिहीबार सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।
-
‘पाइलटलाई अनुशासनमा राख्नुस्, मुड चल्दा उडाउने, चलेन नउडाउने, यस्तो पनि हुन्छ ?’
काठमाडौं, वैशाख १३ – गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस