MENU

समाज

माघ २६ देखि पाँचौ स्याङ्जा महोत्सव हुने

स्याङजा, पुष २९ – स्याङजा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा माघमा पाँचौ स्याङ्जा महोत्सव हुने भएको छ । ‘स्याङ्जा महोत्सवको आधार, पर्यटन र कृषि आर्थिक विकाको पूर्वाधार’ भन्ने नारासहित माघ २६ देखि फाल्गुन ८ सम्म १२ दिने महोत्सव हुने भएको हो ।

स्थानीय कृषिजन्य उत्पादनलाई प्रवद्र्धन र बजारीकरणमा सहजता ल्याउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघले विश्वास गरेको छ ।

महोत्सवमा पर्यटन मेला, फोटो प्रदर्शनी, हस्तकला सामाग्री बिक्री र महोत्सवमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई प्याराग्लाईडिङ गर्ने व्यवस्था गरिएको छ ।

३ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ८ करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया