MENU

खेल

Ncell Axiata

इटहरी प्रिमियर लिग क्रिकेट : इटहरी क्रिकेट एकेडेमीको र विराटनगर विजयी

सुनसरी, पुस २९ –इटहरीमा शुक्रबारदेखि सुरु भएको दोस्रो १९ वर्षमुनीको इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी र विराटनगर विजयी भएका छन् । शनिबार सम्पन्न पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी विजयी भएको हो ।

इटहरीले नेपालगञ्जलाई ३ विकेटले पराजित गरेको छ । इटहरीस्थित डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो ।

नेपालगञ्जका लागि लवकुश यादवले नट आउट १५ रन बनाए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । बलिङतर्फ इटहरीका भूपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए । ६१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रीएको इटहरीले १२ दशमलव ३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६३ रन बनाएर लक्ष्य भेटाएको थियो ।

बलिङतर्फ नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिए । खेलको म्यान अफ द म्याच इटहरीका भूपाल लुइटेल घोषित भए ।
शनिबार नै भएको दस्रो खेलमा विराटनगरले धनगढीलाइ ९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय २ रन बनाएको थियो ।

विराटनगरका लागि फिर्दोश अन्सारीले सर्वाधिक ३४ रन बनाउदा अंकित सुबेदीले ११, दिपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए । बलिङतर्फ धनगढीका सागर भण्डारीले २ विकेट लिए । १ सय ३ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको धनगढी १९ दशमलव १ ओभरमा ९३ रनमा समेटियो ।

धनगढीका लागि बसन्त कार्कीले सर्वाधिक ३५ रन, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए । बलिङतर्फ विराटनगरका म्यान अफ द म्याच फिर्दोश अन्सारीले २, विवेक यादवले ३ र मिनश थापाले २ विकेट लिए ।

आइतबारको पहिलो खेल आयोजक इटहरी र भैरहवा तथा दोस्रो खेल धनगढी र काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।  माघ २ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाडौं, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढी क्रिकेट टोलीको सहभागिता रहेको छ ।

समूह (क) मा इटहरी, भैरहवा र नेपालगञ्ज रहेका छन् भने समूह (ख) मा काठमाडाैं, विराटनगर र धनगढी रहेका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन ।

यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया