MENU

खेल

Ncell Axiata

बार्सिलोनाले फेरि भित्र्यायो अर्को खेलाडी, बार्सिलोनाको डिफेन्स अझ बलियो बन्ने भो !


पुस २९ – फिलिप कौटिन्होलाई भित्र्याएको केही दिनमै बार्सिलोनाले अर्का एक खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।

कोलम्बियन सेन्टर ब्याक येरी मिनालाई बिहीबार बार्सिलोनाले १०.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २३ वर्षीय मिनालाई बार्सिलोनाले साढे ५ वर्षका लागि अनुबन्ध गरेको जनाएको छ । शनिबार उनलाई क्लबका प्रशंसकबीच बार्सिलोनाले क्याम्प नाउमा प्रस्तुत गरेको छ । उनको शुक्रबार नै मेडिकल जाँच भएको र क्याम्प नाउमा उनले फोटो खिचाएको डेली मेलले जनाएको छ । 

ब्राजिलियन क्लब पाल्मिरासबाट बार्सिलोनामा आएका मिनाले शुक्रबार बार्सिलोनाका खेलाडीका रुपमा पनि अन्र्वार्ता दिएका थिए । बार्सिलोनाबाट खेलने आफ्नो सपना भएको बताउँदै  उनले स्टार खेलाडीहरुसँग खेल्ने मौका पाएको बताए ।

उनले बार्सिलोनाबाट आफूले धेरै कुरा सिक्ने पनि बताए । मेसी, पिके, उमटिटीजस्ता खेलाडीसँग आफूले धेरै कुरा सिक्ने बताउँदे उनले बार्सिलोना विश्वकै उत्कृष्ट टिम भएको बताए । 

बार्सिलोनामा उनलाई डिफेन्समा खेलाउने तय भए पनि उनको फ्रन्टमा पनि राम्रो रेकर्ड रहेको छ । उनले कोलम्बियाबाट अहिलेसम्म ९ खेल खेलेका छन् । उनले देशका लागि ३ गोल गरेका छन् भने क्लबका लागि ४९ खेलमा ९ गोल गरेका छन् ।

 

आइतबार लालिगा अन्तरगत रियल सोसाइडाडसँग बार्सिलोनाले प्रतिस्पर्धा गर्दैछ । मिनालाई आइतबार खेलाइन्छ खेलाइन्न त्यो भने क्लबले खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया